कभर खबर

  • २७ चैत्र २०७७, शुक्रबार १८:४३

आगलागी  पिडितलाइ सहयोग हस्तान्त्रण

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिममा आगलागी हुदा करौडौको सम्पति जलेर नस्ट भएको छ । जिल्लाको बाफिकोट गाँउपालिका वडा नम्बर ३ सस्सुकाडामा आगलागी हुदा २४ गत्ते भोटिगारे गाउ देखि लागेको आगो फैलीयर पुर्ब ५ कोष टाढा पर्ने सस्सुकाडा गाउमा फैलियको थियो ।

आगलागी पिडित अहिले खुल्ला आकाश र त्रिपाल मुनि बस्न बाध्य भएको वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयाे । केसीका अनुसार अझै त्यस गाउमा आगो लाग्ने सम्भाबना देखिएकाले उनीहरु लाई सुरक्षित ठाँउ सारिएको बतानुभयाे । बिभिन्न संघ संस्था र बाफिकोट गाउपालिका र ३ नम्बर वडा कार्यालयको पहलमा उनीहरुले राहात पाएका छन । पिडित परिबारका १० घरपरिवारलाई राहात वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ८ घर परिवारलाई २० हजारका दरले वितरण गरेको छ ।

यस्तै ३ नम्बर वडा कार्यालयले  प्रति परिवार ३० केजीका ३ बोरा चामल , ३ लिटर तेल , २ केजी नुन , र बाफिकोट गाउपालिकाले प्रति परिबार १ बोरा चामल १ बोत्तल तेल , २ केजी दाल , १ केजी नुन र २ पिस साबुन राहात स्वरूप वितरण गरेको बाफिकोट गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताउनुभयाे ।यसैबीच आगलागी पिडित परिवारलाई बाफिकोट गाँउपालिकाले प्रति परिवार १० हजार दिने घोसणा गरेको छ ।

अागलागी हुदा  ११ घर गोठ जलेर खरानी भएका थिए | आगलागीबाट ४ घर परिबारको बर्षभरि बस्ने घर हुन भने ४ घरपरिबार केहि महिना बस्ने घर र २ वटा गोठ रहेको वडा नम्बर ३ का वडा सचिब प्रवेश परियारले बताउनुभयाे ।

आगलागीबाट पिडित परिवारका लागि रकम संकलन हुदै छ ,। वडा अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार अहिले सम्म ९६ हजार संकलन भएको छ | अमेरिका र स्थानीय स्थरबाट गरि रकम संकलन भैरहेको बताउनुभयाे । सहयोग रकम जुटाएर आगलागीबाट नस्ट भएका घर पुन ; मर्मत गरि जस्ता पाता वडाले राख्ने भएको छ । जसका लागि सामुदायिक बनलाई काठको लागि आग्रह गरेको र जस्तापाताको ब्यबस्था गरि घर निर्माण गर्ने वडा अध्यक्ष केसीले बताउनुभएकाे छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार १८:४३