पहाडी क्षेत्रमा बदली र केही स्थानमा क्षणिक वर्षाको सम्भावना

काठमाडौँ ।

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु भू–भागको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी क्षेत्रको मौसम केही प्रभावित हुने देखिएको हो ।अहिले प्रदेश१ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने मौसमविदले बताएका छन् ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति: २८ चैत्र २०७७, शनिबार ०८:१७