
सल्यान, ३ बैशाख ।
सल्यानको कपुरकोटबाट संचालन भइरहेको सामुदायीक रेडियो कपुरकोट एफएमले शनिबार एघारौँ वार्षिक उत्सव मनाउदैछ । समाज रुपान्तरणका लागि सामुदायीक रेडियोको भुमिका विषयक अन्तरक्रिया संगै वृहत सांस्कृतीक कार्यक्रम गरेर वार्षिक उत्सव मनाउन लागिएको रेडियोका कार्यकारी प्रमुख सन्तोष घर्तीले जानकारि दिएका छन् ।
शनिबार विहान साढे ११ बजेतीर वार्षिक उत्सव कार्यक्रमको उद्घाटन हुने छ । सांस्कृतीक प्रस्तुतीका लागि कलाकारहरु शक्ति चन्द, टिका सानु लगाएका कलाकार कपुरकोट आउँदैछन् । विक्रम संवत् २०६६ सालमा स्थापना भएको रेडियो कपुरकोटले स्वास्थ्य तथा कृषि क्षेत्र संग सम्बन्धीत विभिन्न निकायहरु संगको समन्वयमा त्यस अनुसारका सचेतनामूलक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आइरहेको छ ।
रेडियो कार्यक्रमका अलावा सचेतनामूलक स्टेज नाटक तथा वहस जस्ता कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानमा संचालन गर्दै आइरहेको रेडियोले जनाएको छ । यसैविच रेडियोले वार्षिकउत्सव समारोहमा उपस्तीत भइदिनका लागी सम्पूर्णमा अनुरोध गरेको छ । जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारि संघसंस्था, विज्ञापनदाता, श्रोताहरु, लगायत सम्पूर्णमा उपस्थीतीका लागी रेडियोले अनुरोध गरेको छ ।।
प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार १७:१७