सल्लाको दियालोबाट घर जल्दा सल्यानमा एक जनाको ज्यान गयो

सल्यानमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको सुती रहेको अवस्थामा मंगलबार राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार राती करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । मृतक घरमा एक्लै भएकोले थप मानविय क्षति नभएको उहाँको भनाई छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार १४:११