सल्यानमा कोरोना संक्रमणबाट ८२ वर्षिय पुरुषको मृत्यु

सल्यान, ९ बैशाख ।

सल्यानमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका– २ का ८२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत अर्जुन पौडेलले बताएका छ्न ।

बिगत ६÷७ दिनदेखि बिरामी भएका उनको बिहिबार मृत्यु भएको हो । मृत्यु भएका पुरुषको कोरोना परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको प्रहरिले बताएको छ । मृतक नेपाल प्रहरिका भुपु हवल्दार हुन । उनका ४६ बर्षिय छोरालाई समेत कोरोना पोजेटिभ देखिएको प्रहरिले बताएको छ । घरका अन्य परिवारको परिक्षण गर्ने तयारि भैरहेको बताएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहीबार १३:१३