घर नभएपछि सल्यानकी १२ वर्षीया बालिकाले मन्दिरमा गरिन बुवाको क्रिया

कभरखबर डेस्क ,सल्यान

कलिलै उमेरमा बुवाको निधन भएप्छि १२ वर्षीया बालिकाले बुवाको क्रिया गरेकी छन् ।

सल्यानको शिद्धकुमाख गाउँपालिका–३ कल्याचौर निवासी हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्दै आएका ४० वर्षीय भोलाराम बोहराको दुर्घटनामा परि मृत्यु भएपछि १२ वर्षीया छोरी रितु बोहराले बुवाको क्रिया गर्न लागेकी हुन् ।
ड्राइभर पेशा गर्दै आएका बोहराको परिवार विगत १४ वर्षदेखी दांगमा बस्दै आएका थिए ।लामो समयदेखी भाडामा बस्दै आएका बोहरा परिवारको घर नभएपछि स्थानीय कालिका मन्दिरमा नाबालग छोरीले क्रिया गर्ने पर्ने बाध्यता रहेको छ ।

बैशाख ७ गते तानसेनको पाल्पामा टिपर दुर्घटनामा परि ज्यान गएको थियो । मृतकको शव ल्याउन समेत स्थानीयले आर्थिक सहयोग गरेका थिए ।

बुवाको मृत्यु पछि छोरी र आमालाइ जिवनयापन गर्न समेत कठिन पर्ने स्थानीयको भनाइ छ ।

  • 44
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close