दाङमा कोरोना संक्रमणका कारण थप एक व्यक्तिको मुत्यु

दाङ – दाङमा कोरोनाभाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मुत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर–१५ का ५७ वर्षीय पुरुषको आइतबार बिहान कोरोना विशेष अस्पताल बेलझुन्डीमा मृत्यु भएको हो । बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।

उनको वैशाख २ गतेदेखि आईसीयूमा उपचार हुँदै आएको थियो । योसँगै बेलझुन्डी अस्पतालमा ११ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७८, आईतवार १६:४८