त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

कभरखबर डेस्क ।

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्ष स्थगित गरेको छ । त्रिविले सोमबार सूचना निकालेर वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको जनाएको छ । सिसिएमसीको आइतबारको बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरे पनि त्रिविले सोमबारको परीक्षा लिएको थियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयाे । उहाँका अनुसार कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले स्थगन गर्नुपरेको हो ।

वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने उहाँले बताउनुभयाे । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए ।

आगामी १९ वैशाखसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी,  शिक्षा र विज्ञान संकायका केही विषय मात्र बाँकी  थिए । १९ वैशाखदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने तयारी थियो ।

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार १७:०६