
इन्द्र बुढाथोकी सल्यान
सल्यानकाे पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ८ को बाबियाचौर बजार एक हप्ताको लागी बन्द गरिएको छ भने कुपिण्डे तालको पुजापाठ समेत रोकिएको छ ।
बाबियाचौरका एक व्यापारीमा कोरोना देखिएकोले अतिआवश्यक बाहेक खाद्यान्न पसल बाहेक अन्य वडा न ८ मा पर्ने कुपिण्डे ताल, बाबियाचौर बजार १५ गते देखि २२ गते सम्मलाइ बन्द गरिएको वडा अध्यक्ष कुलबहादुर पुरिले बताउनु भएको छ ।
उहाले बजार कोरोना भेटिएकोले विभिन्न ठाउबाट कुपिण्डे तालमा आउने पर्यटकलाई समेत ध्यानमा राखी उक्त निर्णय गरिएको बताउनु भयाे । सल्लीबजारमा प्रहरीले जनचेतनामूलक गर्दै ईलाका प्रहरी कार्यालय सल्लीबजारले कोरोना सम्बन्धि बजारमा माइकिङ, मास्क वितरण लगाएत सचेतता मुलुक अभियान चलाएको छ ।
जथाभावी हिडुल नगर्न । बजार निस्कदा अनिवार्य मास्क लगाउनु पर्ने, माइकिङ गरेका छन । सल्लीबजारका व्यापारीहरुले भने कोरोना जोखिम बढ्दै गएको भन्दै बजार पहिलाको जसरी पुर्ण रुपमा खोलेका छैनन् , आधा सटर खोलेर व्यापार गरिरहेका छन ।
प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलवार १८:२६