सल्यानमा तपाईको मास्क खोई भन्दै सिडियाे,जनप्रतिनिधि र सुरक्षाकर्मी सडकमा

कभरखबर डेस्क ।

काेराेना संक्रमणकाे जाेखिमलाइ मध्यनजर गर्दै सल्यानमा सचेतना अभियान संचालन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय सल्यान र  शारदा नगरपालिकाको संयुक्त आयोजनामा “तपाईको मास्क खोई ?” अभियान अन्तर्गत जिल्लाका मुख्य बजारहरूमा मास्क वितरण गरिएकाे छ ।

शारदा नगरपालिका का प्रमुख बजार श्रीनगर र सदरमुकाम खलंगामा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारी , प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवि होमागाई खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापा  तथा शसस्त्र प्रहरी बल नेपाल ,आश्रीत गुल्म सल्यानका शसस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझी सहितको टोलीको सहभागिता रहेकाे थियाे ।

सर्व साधारणले अझैपनि मास्ककाे प्रयाेग  राम्राेसंग नगरेकाे र एउटै मास्क धेरै दिन सम्म लगाउने गरेकाे पाइएकाले मास्ककाे प्रयाेगका बारेमा समेत सचेतना फैलाउने उद्देश्यले सचेतना मुलक कार्यक्रम गिरएकाे प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाँइले बताउनु भयाे ।

उहाँले यस महामारीकाे समयमा सबैलाइ सजग र सचेत भएर बस्न अाग्रह गर्नु भएकाे छ । “महामारी रोक्न जिम्मेवारी” नारा सहितको मास्क बितरण, कोभिड सम्बन्धी सचेतनामुलक पर्चा वितरण तथा माईकिङ मार्फत सबैलाइ सचेत गरिएकाे थियाे ।

  • 134
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close