
सल्यान ।
सल्यानमा ११ वर्षीया बालिका लाइ बाल विवाह गरेको आरोपमा जिल्लाको बनगाड कुपिण्डे नगरापलिका निवासी १४ वर्षीय किशोरलाइ प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
बैशाख १३ गते राती खाना खाएर सुती सकेको अवस्थामा स्थानीय किशोरले आप्mनो छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै गएर छोरीलाइ फिर्ता ल्याएर प्रहरीकोमा पुगेका थिए ।
कक्षा ६मा पढ्दै गर्दा छोरीलाइ भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाका बुवाले प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरकिा आधारमा आरोपित बालक र बालकका बुवालाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुबै बालबालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्यनरत रहेको बुझिएको छ । यस घटनामा बाल विवाह संगै बलात्कार समेत भएको भएको भनेर जाहेरी आएकाले सोही अनुसार मुद्धा प्रकृया अगाडी बढाउने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।
यस्तै विवाहमा संल्गन किशोरका ५८ वर्षीय बुवा तथा भाउजुलाइ पनि अनुसन्धानको दायरामा ल्याइएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण बैशाख १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरियाे । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार ०७:५०