सल्यानमा कोरोना संक्रमित एक जनाको मृत्यु,मृत्यु हुनेको संख्या तीन पुग्यो


मिना बुढाथोकी
सल्यान .
सल्यानमा कोरोना संक्रमण बाट थप एक जनाको ज्यान गएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषेको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिन अघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उहाँ होम आइशोलेसनमा बस्नु भएको थियो स्वास्थ्य सेवा कार्यालय सल्यानको कोरोना फोकल पर्सन रिखाराम पुनले भन्नुभयो गएराती स्वास प्रस्वासमा समस्या भएपछि राती करिब सवा ८ बजे अस्पतालमा ल्याएका थिए ,हामीले अक्सीजन दिंदादिंदै उहाँको मृत्यु भयो ।

उहाँसंगै सल्यानमा कोरोना बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुइ जना पुरुषको ज्यान गइ सकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार १०:५६