
सल्यान .
स्वास्थ्य सेवा कार्यालय सल्यानले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।बैशाख १७ गते बाट अर्को निर्ण नहुँदा सम्म अत्यावश्यक सेवा, कोभिड–१९ जाँच उपचार बाहेकका अन्य सेवा जस्तै ओपीडी,नियमित गर्भजाँच बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिड संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइ रहेकाले जोखिम न्युनिकरण गर्न यस्तो निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका मेडिकल अधिकृत भिमकान्त जैशीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको बागचौर नगरपालिका बैशाख १७ गतेदेखी सिल हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको र कार्यालयमा समेत केही कर्मचारीमा कोभिड पोजेटिभ देखिएकाले बैशाख १७ गतेदेखी अर्को निर्णय नहुँदा सम्म सिल गरिएको नगर प्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यालयमा अत्यावश्यक सेवा बाहेक नगरपालिका अन्तरगतका वडा कार्यालय,शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था,बजार क्षेत्रहरु पुर्ण रुपमा बन्द रहने उहाँले बताउनुभयो ।
साथै यस अवधिभर सभा समारोह,गोष्ठी, पुजा,विवाह लगायतका भिडभाड हुने कार्यक्रम नगर्न नगराउन सम्पुर्ण पालिकावासीलाइ अनुरोध गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतले जानकारी दिनुभयो ।
कपुरकोट गाउँपालिका पनि बैशाख १७ गतेदेखी २३ गतेसम्म सिल हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काका अनुसार पालिका भित्र पर्ने बजार क्षेत्र,वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु सामुदायिक तथा संस्थागत विद्यालय पठन पाठन कार्य बन्द गरिएको छ ।
प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार १६:०६