
मिना बुढाथोकी
सल्यान,
कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गएको छ । रोल्पाको गंगादेव गाउपालिका ३ रोल्पा निवासी ४८ वर्षिया एक महिलाको शनिवार विहान जिल्ला अस्पताल सल्यानमा ज्यान गएको हो ।
उनलाई शनिवार विहान मात्रै जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । तिनदिन देखि विरामी रहकी महिलालाई वागचौरमा रहेको एक निजि पोलिक्लीनिकमा उपचार हुन नसकेपछि उनलाई जिल्ला अस्पताल रिफर गरीएको थियो ।
अक्सिजन दिइरहेको भएपनि उनको शरिरमा अक्सिजनको मात्रा कम रहेको अस्पतालले बताएको छ ।
प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार १२:३९