
सल्यान ।
बुवाको निधन भएप्छि मन्दिरमा किरिया वसेकी १२ वर्षिया वालिकालाइ आर्थिक सहयोग हुन थालेको छ । सल्यानको शिद्धकुमाख गाउँपालिका–३ कल्याचौर, हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्दै आएका ४० वर्षीय भोलाराम बोहराको दुर्घटनामा परि मृत्यु भएपछि १२ वर्षीया छोरी रितु बोहराले मन्दिरमा किरिया गरेकी थिइन ।
लामो समयदेखी भाडामा बस्दै आएका बोहरा परिवारको घर नभएपछि स्थानीय कालिका मन्दिरमा छोरी रितुले किरिया गरेकी थिइन । सो बारे जानकारी प्राप्त भएपछि कभरखवर डट कममा घर नभएपछि १२ वर्षीया बालिकाले मन्दिरमा गरिन बुवाको क्रिया शिर्षकमा सवैभन्दा पहिले समाचार प्रकाशन भएको थियो ।
उनको सहयोगको लागी अभियाननै चलाइएको अभियानमा संलग्न सल्यान कोटमौलाका शुवर्ण योगीले बताउनुभयो । सहयोगको लागी हामी निरन्तर लागेकाक छौँ उहाँले भन्नुभयो कभरखवरमा समाचार प्रकाशन भएपछि सहयोग गर्छौँ भन्दै धेरै अघि आउनुभयो अन्य मिडियाहरुले पनि समाचार लेख्नुभयो र यहि पनि आउनुभयो जसले गर्दा सहयोग संकलनमा सहज भयो ।
उनलाइ हाल सम्म १ लाख ८९ हजार १ सय ५ रुपैँया सहयोग प्राप्त भएको छ । उनलाइ प्राप्त भएको सहयोग तपशिल बमोेजिम छ ।
१. वागचौर नगरपालिका १ कालाखेत निवासी एकराज केसी र बम कुमारी केसीबाट रु १५ हजार ।
२. वागचौर नगरपालिका ८ कोटमौला निवासी सुवर्ण योगीबाट १० हजार ।
३. वागचौर नगरपालिका ९ डाँगीगाउका दिपेन्द्र प्रकाश डिसीबाट ५ हजार ।
४. वागचौर नगरपालिका ८ गैरागाउ हाल कंचन आर्योवैदिकका संचालक कैलास न्यौपानेबाट ५ हजार ।
५. वागचौर नगरपालिका ८ सुपारी निवासी शिवशंकर गिरीबाट रु १ हजार ५ ।
६. वागचौर नगरपालिका ९ डाँगीगाउका फेमस नर्सरीका संचालक खुमराज डाँगीबाट ५ हजार ।
७. शारदा नगरपालिका सल्यानका नेत्रलाल श्रेष्ठबाट ५ हजार ।
८. वागचौर नगरपालिका ७ कोटबारा निवासी शिक्षक शेर बहादुर डाँगीबाट १ हजार ।
९. जनप्रिय पोलिक्लीनिक वागचौरका भिम बहादुर वलीबाट रु १५ सय ।
१० पत्रकार भोजराज थापाबाट ३ हजार ।
११. हस्तुनाथ लाहुरेको छोरा हाल भारत बस्ने महेशनाथ योगीबाट ५ हजार ।
१२. वागचौर नगरपालिका १ ठिनवाङ्ग माथिल्लो जिउलाका खेमराज बस्नेतबाट ५ हजार ।
१३. तुलसिपुर उपमहानगरपालिकाका विर बहादुर गिरीबाट १ हजार ।
१४. शिवज्योति टोल विकास संस्था तुलसिपुर वेलुवाबाट अध्यक्षको नेतृत्वमा उठेको रकम २३ हजार ५ सय ।
१५. तुलसिपुर उपमहानगरपालिका वेलुवाका दुर्गा बस्यालबाट २ हजार ।
१६. तुलसिपुर ९ वेलुवाका भुपाल रेउले, झापाका राजकुमार, पाल्पाका नरेन्द्र कुमार कार्की, पाकिस्तानका ओहद हमत, भारतका नगरसिंह कार्कि, भारतका आक्रम, दाङ्गका सुवास चौधरी र सोम चौधरीबाट २५ हजार ९ सय ५ ।
१७. तुलसिपुर नगरपालिका ८ की शिला रोका मगरबाट १ हजार ५ सय ।
१९ वागचौर नगरपालिका ८ कोटमौला हाल अमेरिका बस्ने लोकेन्द्र चन्दबाट ११ हजार ५ सय ९५ ।
२० तुलसिपुर उपमहानगरपालिका वेलुवाकी नारायणी भण्डारीबाट १ हजार ५ सय ।
२१. तुलसिपुर उपमहानगरपालिका वेलुवाकी मिना वलीबाट १ हजार ६ सय ।
२१. मामा बुढाको तर्फबाट १० हजार ।
२२. शारदा नगरपालिका १४ तुषारे हाल तुलसिपुर उपमहानगरपालिका ५ विशालनगरका भोला गिरीको तर्फबाट १ हजा ५ सय ।
२३. शारदा नगरपालिका १५ निवासी डिल्ली विकको नेतृत्वमा उठेको सहयोग २४ हजार ।
२४. बल बहादुर भण्डारी मामा घरको बाजे १० हजार ।
२५. वागचौर नगरपालिका १२ हाल तुलसिपुर उपमहानगरपालिका ५ दाङ्ग टेक प्रकाश केसी २ हजार ५ ।
२६. शारदा नगरपालिका दलंगा निवासी मनोज प्रधान ५ हजार ।
२७. अनिरुद्र गिरी ३ हजार ।
२८. सरोज न्यौपाने ३ हजार ।
प्रकाशित मिति: १८ बैशाख २०७८, शनिबार १२:४७