कोरोना संक्रमित सल्यानका दुइजनाको मृत्यु, सल्यान अस्पतालमा अक्सीजन पुर्याउनै सकस

Triveni

सल्यान ।
सल्यानमा कोरोना संक्रमण बाट थप दुइ जनाको ज्यान गएको छ । सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिका निवासी ७० वर्षीय एक जना पुरुषको मंगलवार बिहान मृत्यु भएको छ । अस्पतालले संक्रमितलाइ अक्सीजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ ।

अक्सीजनको मात्रा एकदमै कम भएका उनलाइ थप उपचारका लागी सुर्खे रिफर गर्दा समेत आर्थिक अवस्था कमजोर र अक्सीजन सहितको एम्बुलेन्सको अभावमा लग्न नसकेको मृततका आफन्त बताउँछन् ।

यस्तै अक्सीजनको मात्रा कम भएपछि उपचारका लागी सोमवार सल्यान अस्पताल पुगेका शिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमवार रातीनै ती पुरुषको समेत ज्यान गएको छ ।

जिल्लामा अक्सीजन प्रयाप्त मात्रामा नभएपछि समस्या भएको सेवाग्राहीको गुनासो छ । स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल आएका थियौं,एकजना बिरामी कुरुवाले भन्नुभयो,अस्पतालमा अक्सीजन पुर्याउन समस्या भयो डाक्टरहरु भन्नुहुन्छ तपाँइको बिरामी अन्तै लैजानु ।तर हामी यस्तो अवस्थामा बिरामीलाइ कहाँ लिएर जाने हो ??

सल्यान अस्पतालमा अहिले १७ वटा अक्सीजन सिलिन्डर छन् जसमध्ये अहिले १४ वटा मात्रै संचालनमा छन् बाँकी ३ वटा सिलिन्डिर बिग्रिएका छन् । बिरामीहरुलाइ हाइ भोल्युमको अक्सीजन दिनु पर्ने हुन्छ जस्ले गर्दा एकदिनमा १० वटा अक्सीजन सिलिन्डर सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

२४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन् डाक्टर भिमकान्त जैशीले भन्नुभयो,बाँकी ४ वटा सिलिन्डरको भरमा ८÷१० घण्टा चलाउनु पर्छ । सुर्खेत जान आउन र सिलिन्डर भर्ने समय सम्म अक्सीजन पुर्याउन निकै समस्या भइ रहेको छ । अब थप १० वटा सिलिन्डर मात्रै भएपनि केही राहत हुने थियो ।

सिलिन्डिर सकिएको अवस्थामा बिरामी आउँछन हामीले कसरी उहाँहरुलाइ म्यानेज गरी रहेका छौं त्यो हामीलाइ थाहा छ उहाँको भनाइ छ।

अस्पतालमा नामका लागी ५ वटा कन्सन्टेटर छन् ।तर आइशोलेशनमा ३ वटा मात्रै संचालनमा छन् । एउटा बिग्रिएर थन्किएको र अर्को कन्सनटेटर बाट अन्य बिरामीलाइ पनि अक्सीजन दिनु पर्ने भएकाले आइशुलेशनमा प्रयोग हुन पाएको छैन् ।

भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर हामीले सेवा दि रहेका छौं डाक्टर प्रदीप शर्माले भन्नुभयो,अहिले त अन्य बिरामीलाइ पनि अक्सीजन दिनु पर्ने अवस्था भइ रहेकाले थप समस्या भएको छ ।

केहि दिन अघि मात्रै अस्पतालमा अक्सीजन प्लान्ट मेसिन आएको छ । कर्णाली प्रदेशबाट मेशिन त आयो तर मेशिन जडान गर्ने जनशक्ती नपठाउँदा मेसिन त्यसै थन्किएको छ । अक्सीजन प्लान्ट संचालनमा आएपछि भने काम गर्न सहज हुने उहाँको भनाइ छ।

अक्सीजनको अभावै नभएपनि प्रयाप्त अक्सीजनको व्यवस्था नहुँदा कुन बेला अक्सीजन सकिने हो र कस्लाइ के हुने हो भन्ने चिन्तामा बिरामीका कुरुवाहरुको भनाइ छ ।समयमा अक्सीजनको व्यवस्था हुन सक्दैन कि भनेर बिरामी र डक्टर दुबैलाइ चिन्तित बनाएको छ ।

सल्यान अस्पतालमा अहिले मध्यम सिकिस्तको लागी मात्रै अक्सीजन लगायत सामान्य उपचार भइ रहेको छ । बढी सिकिस्त बिरामीहरुलाइ आइसियु र भेन्टीलेटर भएको अस्पतालमा लैजानु भन्दा पनि मानी रहनु भएको छैन् सल्यान अस्पतालका कोरोना फोकल पर्सन रिखाराम पुनले भन्नुभयो,सिकिस्त बिरामीहरुलाइ हामी राख्न सक्दैनौं ।

अहिले जिल्लाका विभिन्न पालिकाहरुले पालिका भित्रै क्षमता अनुसार आइशुलेशन बेडको व्यवस्था गरेका छन् । तर पनि अस्पतालमा भने सबै पालिकाका बिरामीहरु आउने गरेका छन्,स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ कुमार श्रेष्ठले भन्नुभयो, संक्रमितको संख्या बढ्दै गइ रहेकाले स्थानीय सरकारले पनि अक्सीजनको लागी केही सहयोग गरेमाा केही राहत हुने थियो ।

१६ वटा आइशुलेशन बेड क्षमता रहेको अस्पतालमा संक्रमितहरुको चाप बढ्दै गएपछि थप आइशुलेशन बेडको लागी अस्पताल परिसर भित्रै अस्थाइ संरचना निर्माण हुन लागेको छ । शारदा नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले टहरा निर्माण गर्ने भनेर सोमवार देखीनै काम शुरु भइ सकेको छ ।

एक साता भित्र सक्ने गरि कामको शूरुवात भएको छ । तर भएको संरचनामा पनि अक्सीजनको प्रयाप्ततताका लागी जिल्लाका सरोकारवालाहरु भने मौन रहेको स्थानीयको आरोप छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker