Purushottam Giri

  • २१ बैशाख २०७८, मंगलवार १७:२५

अक्सीजन अभाव भएको सल्यानमा प्रदेश सरकारले पठायो ११ वटा अक्सीजन सिलिन्डर

सल्यान ।
सल्यान अस्पतालमा पर्याप्त मात्रामा अक्सीजन नहुँदा समस्या भएको खबर सावैजनिक भए लगतै कर्णाली प्रदेश सरकारले ११ वटा अक्सीजन सिलिन्डर पठाउने भएको छ ।

अस्पतालमा आएका बिरामीलाइ प्रयाप्त मात्रामा अक्सीजन पुर्याउन कर्णाली प्रदेश सरकारले आज राती सम्म सिलिन्डर सल्यान पठाउने वातावरण मिलाएको मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार भिम प्रकाश शर्माले जानकारी दिनुभयो ।

अहिलेलाइ ११ वटा सिलिन्डरको पठाउने व्यवस्था गरिएको छ उहाँले भन्नुभयो,अब छिट्टै आइसियु निर्माण, अक्सीजन प्लान्ट जडान लागायतका कामहरु गर्ने छौं ।

कर्णाली प्रदेशका पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता प्रकाश ज्वालाको पहलमा जिल्लामा अक्सीजन सिलिन्डर पठाउने व्यवस्था मिलाइएको हो ।

कभर खबर अनलाइनमा आज बिहान प्रकाशित सल्यान अस्पतालमा अक्सीजन पुर्याउनै सकस भन्ने शीर्षकमा छापिएको समाचार पछि करिब ८ घण्टामै सल्यान जिल्ला लाइ प्राथमिकतामा राखी सिलिन्डरको व्यवस्था गरिएको छ ।
यस अघि अस्पतालमा रहेका १४ वटा सिलिन्डर भर्न कहिलै दाँग तथा कहिलै सुर्खेैत गर्ने समस्या समेत हटेको छ ।अबदेखी सल्यानबाट रिफिल गरिने सिलिन्डर बाँकेको पिपरीमा व्यवस्था मिलाइएको नेता ज्वालाले बताउनु भयो ।

नेता ज्वालाले कोरोना महामारीको समयमा न आत्तिन र उच्च मनोबलका साथ कोरोना पराजित गर्न संक्रमित लगायत जिल्लावासी सबैलाइ अनुरोध गर्नु भएको छ । अहिलेका समयमा सतर्क रही सुरक्षित बस्न र कोरोनाबाट बच्न आवश्यक सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभयो ।

जिल्लामा अक्सीजनको अभाव भइ रहेको बेला सरोकारवालाले चासो नदेखाएको भन्दै नेताहरुको समेत आलोचना भइ रहेको समयमा नेता ज्वाला लगायतका नेताहरुको पहलकदमीका लागी स्थानीयले सामाजिक संजाल मार्फत धन्यवाद समेत दिएका छन् ।प्रदेश सरकारले कोभिड संक्रमण नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागी सल्यानमा १ करोड पठाउने समेत जनाएको छ ।

यस्तै सल्यान अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित अति सिकिस्त दुइ जनालाइ प्रदेश अस्पतालमा भेन्टिलेटर कक्षमा राखिने व्यवस्था समेत मिलाइएको  अर्थमन्त्री विमला केसीका सचिवालय सदस्य युवराज वलीले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्लाका लागी पठाइएका अक्सीजन सिलिन्डर लाेड गरिएकाे गाडी सल्यानका लागी हिडी सकेकाे छ ।

 

प्रकाशित मिति: २१ बैशाख २०७८, मंगलवार १७:२५