सल्यान अस्पतालमा क्षमता भन्दा दोब्बर संक्रमित,अक्सीजन पुर्याउनै मुस्किल प्रदेश सरकारबाट आएको रकमबाट अस्पतालले गर्यो डेढ सय बढी सिलिन्डरका लागी टेन्डर

सल्यान
कोरोना संक्रमतिहरुको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला अस्पतालमा संक्रमितहरुलाइ थेग्न हम्मेहम्मे परेको छ । १६ बेड क्षमता रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानमा अहिले ३६ जना संक्रमितहरुको उपचार भइ रहेको अस्पतालले जनाएको छ ।
हामींसंग १६ वटा बेड क्षमताको आइशोलेशन छ तरपनि हामीले इमेरजेन्सी वार्डमा समेत आइशुलेशन बनाएर उपचार गरी रहेका छौं डाक्टर भिमकान्त जैशीले भन्नुभयो,अहिलेको अवस्थामा हामीलाइ बिरामीको चाप थेग्न गाह्रो भइ सक्यो ।
दैनिक रुपमा बिरामी आइ रहने र राख्ने ठाँउ छैन भन्दा कतै जान नमाने पछि अस्पतालमा समस्या सृजना हुन थालेको उहाँले बताउनु भयो ।
मंगलवार दिउसो सम्म २ वटा मात्रै स्टक सिलिन्डर रहेको र अधिकाँश संक्रमितहरुलाइ अक्सीजन लाउनु पर्ने भएकाले अब अक्सीजन अभावमा उपचार गर्न असम्भव भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले एक सुचना मार्फत सर्वसाधारणलाइ अस्पतालमा बिरामी ल्याउन पुर्व फोन बाट जानकारी गराएर मात्रै आउन आग्रह गरेको छ । अस्पतालमा अब बिरामी राख्ने ठाउँनै नभएकाले फोन गरेर बेड भएको खण्डमा मात्रै अस्पतालमा राख्न सकिने अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढ्दै जाने र अक्सीजन अभावले उपचारमा समस्या हुन थालेपछि केही दिन अघि कर्णाली प्रदेश सरकारले प्रतेक जिल्लामा एक एक करोड रकम विनियोजन गरेको थियो । सो रकमबाट अस्पतालले ४० लाख रुपैयाँमा १ सय ५९ सिलिन्डर खरीद गर्न भन्दै टेन्डर आह्वान गरेको जनाएको छ ।
जिल्लाभर रहेका आइशोलेशन बेडहरुमा समेत अक्सीजनको अभाव रहेको हुँदा सो कुरालाइ मध्यनजर गर्दै थप सिलिन्डर खरीद गर्न लागेको अस्पतालका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । बैशाख २७ गते सार्वजनिक गरिएको सुचनामा एकहप्ता भित्र सिलिन्डर खरिद गर्ने गरि टेन्डर आह्वान गरेको उहाँले बताउनुभयो । उहाँले यस प्रकृयाका लागी प्रदेश कार्यालय बाटनै पहल भइ रहेको बताउनुभयो ।

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलवार १४:५८