युवा अभियन्ताहरूद्वारा सल्यान अस्पताललाइ २० थान अक्सीजन सिलिन्डर प्रदान

कभरखबर डेस्क ।

काेराेना संक्रमणका कारण क्षामता भन्दा बढी संक्रमितहरूकाे उपचार गर्नु परी रहेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सीजन अभाव हुन निदन सल्यानका युवाहरूले अक्सीजन सिलिन्डर हस्तान्तरण गरेका छन् ।

सामाजिक फेसबुक बाट करिब एक हप्ता सम्म  अभियान संचालन गरेका हपिस भण्डारी, आषिस केसी, गोविन्द आभाष शर्मा र टेकराज शाहीको  टिमले सेल्फ हेल्प अभियान समूह संचालन गरेर सल्यान जिल्ला अस्पताललाई २० थान अक्सीजन सिलिन्डर प्रदान गरेको समुहका अभियन्ता आशीष केसीले जानकारी दिनुभयाे । सेल्फ हेल्प समूहले (अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक संकलन गरेको थियो ।

सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई ४ लाख ४० हजारको लागतमा २० थान अक्सीजन सिलिन्डर हस्तान्तरण गरिएको अभियन्ता  केसीले बताउनुभयाे । अक्जसीनको अभावमा कोरोना संक्रमितहरु छट्रपटिएकाे देखेपछि  अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।

सबै नेपालीको एक एक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा सिलिन्डर प्रदान गरेको अर्का अभियन्ता गोविन्द शर्माले बताउनुभयाे । अक्सीजनकाे कमिले  कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने आशाका साथ अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।

एक हप्ता सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम संकलन भएको जसमध्ये ४ लाख ४० हजार बराबरको अक्सीजन सिलिन्डर खरिद गरेको शर्माले बताउनुभयाे । संकलन गरिएको केही  रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगको लागि अर्को अभियानको पनि तयारी भइरहेको उहाँको भनाई छ ।

  • 129
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close