
कभरखबर डेस्क ।
नागरिकहरुको हकहितमा कृयाशिल सल्यानका नागरिकहरुले स्वास्थ्य सेवा कार्यालय सल्यानमा भएको अनियमितताबारे सत्यतथ्य छानविन गरि दोषीलाइ कारबाहीको माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षपत्र पेश गरेका छन् ।
गत शनिवार स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सीनज प्लान्ट भनेर जडान गरिएको भनि उद्घाटन गरेपछि सो मेशिन अक्सीजन कन्सन्ट्रेटर भएको खुल्न आएपछि कार्यालयले लाखौं रकम हिनामिना गरेको आरोप लागेको थियो ।
अक्सीजन प्लान्ट भनि अक्सीजन कन्सन्ट्रेटर जडान गरिएको खबर संगै अनियमितता भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित प्रसारित भएपछि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ नागरिक समाज सल्यानका संयोजक रामचन्द्र रेग्मीले भन्नुभयो ।
जनताको स्वास्थ्य संग सम्बन्धित सामाग्री खरिदका विषयमा बदमाशी भएको भनिएको विषयमा उजुरी परेपछि स्वास्थ्य सेवा कार्यालयमा भएको अनियमितता बारे सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको छानबिन समितीले यस विषयमा सत्यतथ्य छानबिन गरि दोषीलाइ कडा कार्वाहीको माग गर्दछौं,ध्यानाकर्षण पत्रमा भनिएको छ ।
जिल्लामा कृयाशिल दशवटा संग संघठनका प्रमुख तथा प्रतिनिधिहरुले सामुहिक रुपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा कोरोना भाइरस बाट जनजीवन अक्रान्त बनेको वर्तमान समयमा सम्बन्धित पक्षलाइ छिटो,छरितो,सर्वसुलभ,गुणस्तरीय सेवा दिएर नागरिकको बाँच्न पाउने अधिकारलाइ सुनिश्चित गर्न आग्रह समेत गरिएको छ ।
जिल्लामा कृयाशिल नागरिक समाज सल्यान,गैसस महासंघ सल्यान,इन्सेक प्रतिनिधि सल्यान, उपभोक्ता हित संरक्षण मंच सल्यान,उद्योग वाणिज्यसंघ सल्यान, नेपाल पत्रकार महासंघ सल्यान, हेड नेटवर्क सल्यान, मानवअधिकार समुह सल्यान र मानवअधिकार रक्षक संजाल सल्यानका प्रमुख तथा प्रतिनिधिहरुले सामुहिक रुपमा ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले अस्पताललको यस विषयलाइ गम्भीरताका साथ छानबिन गरी रहेको बताउनुभयो । उहाँले आप्mनो नेतृत्वमा रहेको समितीले निष्पक्ष रुपमा काम गर्ने र बायोमेट्रिक इन्जिनियर आए लगतै प्रतिवेदन पेश गर्ने बताउनुभयो ।
यसैबिच जिल्लामा कृयाशिल विभिन्न राजनैतिक दलका भातृ संगठनहरुले पनि जनताका हक अधिकार सुनिश्चितताका सन्दर्भमा चासो राख्दै अस्पतालमा भएको अनियमितताका विषयमा छिटो छरितो र निष्पक्ष छानबिनका लागी माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रकाशित मिति: ४ जेष्ठ २०७८, मंगलवार १७:५२