सल्यानकाे एक सामुदायिक विद्यालयले गर्याे ३२ शिक्षकलाइ ल्यापटप वितरण

सल्यान ।

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा रहेको शिबजन मावि शीतलपाटी सल्यानले विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षकहरुलाइ ल्यापटप वितरण गरेको छ ।

कोरोनाका कारण सृजना भउको अहिलेको विषम परिस्थितिलाइ मध्यनजर गर्दै बालबालिकालाइ अनलाइन क्लाश मार्फत पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने हेतुले सम्पुर्ण शिक्षकहरुलाइ ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले जानकारी दिनुभयो ।

प्राबिधिक धारतर्फ बिगत तीन बर्ष देखि स्मार्ट बोर्ड,प्रोजेक्टरको माध्यामले शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्दै आई रहेको यस विद्यालयले अहिले चली रहेको बन्दा बन्दिको अबस्थामा पनि निरन्तर रुपमा अनलाइन कक्षाहरु संचालन गरी रहेको जनाएको छ ।

यस्तै साधारण तर्फ पनि सुचना संचार प्रविधिको माध्यामबाट शिक्षण सिकाई क्रियाकलापहरुलाई प्रभाबकारि रुपमा संचालन गरि गुणस्तरिय शिक्षा प्रदान गर्न टेवा पुर्याउने हेतुले इभेन्ट परियोजना दोस्रोसंगको सम्झौतामा विद्यालयमा रहेका ३२ जना शिक्षकलाइ ल्यापटप प्रदान गरेको प्रअ नेपालीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश विक,शारदा नगरपालिका वडा नम्बर १का वडाध्यक्ष नबराज बुढाथोकी ,विद्यालयका प्रअहिरालाल नेपाली र स.प्र.अ.शिबलाल थापाको रोहबरमा बितरण गरियो ।

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार २२:१५