रुकुम पश्चिममा ६० प्रतिशत धान रोपाई सम्पन्न

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पशिमका बिभिन्न ठाउमा गरि ६० प्रतिशत रोपाई सकीएको छ । समयमै पानी परेपछि बिभिन्न स्थानीय तहका ठाँउमा रोपाई भएको छ । धान उत्पादन हुने ठाउमा सिचाईको ब्यबस्था भएपछी समयमै जिल्लामा यो समयमा ६० प्रतिशत जमिनमा धान रोपाई सम्पन्न  भएकाे हाे ।

जिल्लाको प्रमुख बालिको रुपमा धान जिल्लाको धेरै जसो ठाउमा धान रोपाई गरिन्छ । जिल्लाका धेरै किसानहरु धानमा आत्मनिर्भर रहेका छन । मानिसमा अन्य जिल्लाको चामल खाने बानि परेतापनि जिल्लामा अन्य खाद्य बालिसंगै मिलाएर खाने बानि बसालेपछी जिल्लामा उत्पादित पुग्ने जिल्ला कृषि बिकाश कार्यालय रुकुम पशिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताउनुभयाे ।

२ वटा रुकुम सिङ्गै रुकुम एक हुदा प्रमुख बालि मकै रहेको र पशिम रुकुम रहदा धान प्रमुख बालि मानिएको छ । जिल्लाका धेरै जसो नगरपालिका र गाउपालिकामा धान फल्ने गरेको निमित्त कार्यालय प्रमुख केसीले जानकारि दिनुभयाे । उहाँका अनुसार जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान फल्ने गरेको बताउनुभयाे ।

उहाँका अनुसार सबैभन्दा बडी चौरजहारी नगरपालिका र सबैभन्दा कम त्रिबेणी गाउपालिकामा धान फल्ने गरेको छ । जिल्लामा रोपेको धान असोज महिनामा १२ हजार ९ सय ७४ मेक्ट्ीटन धान फल्ने गरेको छ । यो बर्षमा धान उत्पादन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहीबार १८:०८