बनगाडमा कृषकहरूलाइ अनुदानमा बाख्रा वितरण

 इन्द्र बुढाथोकी, सल्यान

बनगाड कुपिण्डे नगरपालिकाले बाखा पकेट विकास कार्यक्रम सुरु गरेको छ । बिहिवार एक कार्यक्रमका बिच कुपिण्डे ताल साना किसान कृषि सहकारी सस्थालाइ बनगाड कुपिण्डे नगरपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यवसायी कृषि उत्पादन पकेट बिकास कार्यक्रम अन्तर्गत १५ लाख बराबरको अनुदानमा बाख्रा तथा बोका वितरण गरेको छ ।

वडा न ८ र ९ न वडाका सहकारीमा रहेका ५० घरधुरीलाई ५ वटा बोका, ५० वटा बाख्रा वितरण गरिएको छ भने समुहले आफ्नै लगानीमा खोर निर्माण तथा सुधार समेत गरेका छन । यश क्षेत्रलाई बाख्रा पालनको लागि उतम भएको र सबै किसानलाई व्यवसायी तरिकाले बाख्रा पालन तिर लाग्न नगर प्रमुख गोविन्द कुमार पुनले आग्रह गर्नुभयाे।

नगरपालिकालाइ कृषिमा आधुनिकीकरण तिर लैजाने समेत उहाले बताउनु भएको छ । प्रत्येक वडामा कुनै कृषि बाली बस्तुमा तथा पशुपक्षीमा पकेट क्षेत्र बनाएर अगाडि बढ्ने समेत उहाले बताउनु भएको छ । कार्यक्रममा वडा न ८ अध्यक्ष कुल बहादुर पुरी पशु सेवा शाखा प्रमुख बिनाराम बुढाथोकी लगाएतको उपस्थिति थियो । बाख्रा नगर प्रमुख पुन, वडा अध्यक्ष पुरी र शाखा प्रमुख बुढाथोकीले सयुक्त रुपमा वितरण गर्नु भएको थियो ।

प्रकाशित मिति: १८ असार २०७८, शुक्रबार ०६:३३