सल्यानमा केही खुकुलो बन्दै निषेधाज्ञा,असार ३१ गतेसम्म जारी रहने

सल्यान ।

सल्यानमा गत बैशाख १९ गते देखी जारी निषेधाज्ञा दश दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संंकट व्यवस्थापन समिति सल्यानको आइतवार खलंगामा सम्पन्न बैठकले निषेधाज्ञा केही खुकुलाे बनाउदै असार ३१ गतेसम्म जारी रहने निर्णय गरेको हाे  ।

जसमा जिल्लाभित्र मात्रै बिहान ६ वजे देखी साँझ ६ वजेसम्म सम्पुर्ण सार्वजनिक तथा निजि सवारी साधनहरु जोर बिजोर प्रणालीबाट सञ्चालन हुन पाउने निर्णय  भएकाे छ । जसमा जोेर गतेको दिन जोर नम्बरका र बिजोर गतेको दिन बिजार नम्बरका निजी तथा सार्वजनिक सवारीसाधन सन्चालन गर्न पाइने भएको छ ।

यस्तै यस्तै होटल तथा रेष्टुरेन्ट, खाजा नास्ता पसल कुल क्षमताकोे ५० प्रतिशत क्षमतामा नबढ्ने गरी स्वास्थ्य मापदण्डका नियम पालना गरि बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न सकिने निर्णय समेत भएकाे छ ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती सकिदैँ छ ।

प्रकाशित मिति: २० असार २०७८, आईतवार १७:१६