सवारी साधनमा अनिवार्य सुरक्षा मापदण्ड अपनाउन सल्यानका प्रजिअ हाेमागांइकाे अाग्रह

 कभरखबर डेस्क ।

सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हाेमागांइले यातायातका सवारी साधन संचालन गर्दा सुरक्षा मापदण्ड अपनाउन व्यवसायीहरुलाइ आग्रह गर्नु भएकाे छ ।

काेभिडकाे संक्रमणदर अझैपनि कम भइ नसकेकाे अवस्थामा जिल्ला भित्र साेमवारदेखी जाेर विजाेर प्रणाली बाट सार्वजनिक यातायातका सवारी साधन संचालन भएपछि  व्यवसायीहरुसंगकाे छलफलमा उहांले यस्ताे बताउनु भएकाे हाे ।

साेमवार बिहान जिल्ला प्रसासन कार्यालय सल्यानमा यातायात व्यवसायी संचालकहरुसंग छलफल गर्दै उहाँले सवारी साधनमा यात्रुहरुलाइ राख्दा अनिवार्य मास्ककाे प्रयाेग गर्नु पर्ने बताउनु भयाे । साथै  यात्रुहरूले मास्क र स्यानिटाइजरकाे समेत अनिवार्य प्रयाेग गर्नु पर्ने उहांकाे भनाइ थियाे ।

अहिले चली रहेकाे काेभिडकाे विषम परिस्थतिममा सबै तिर निशेधाज्ञा जारी भएकाे समयमा यातायात व्यवसायीहरुले लगानिकाे प्रतिफल प्राप्त गर्न नसकेकाे र यात्रुलाइ पनि सहज हुने उद्देश्यले हाललाइ जिल्ला भित्रमात्र सवारि साधन चलाउन पाउने  उहाँले बताउनु भयाे ।

अति आवश्य कामका लागि अन्तर जिल्ला जानू परेकाे खण्डमा भने अनिवार्य पास लिनु पर्ने छ। छलफलमा नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्मर सिं तिरुवाले सवारी साधनहरूमा अावश्यक सावधानी अपनाएर यातायातका साधन संचालन गर्ने  बताउनुभयाे ।  छिमेकि जिल्लाबाट आउने सवारी साधनमा पनि कडा निगरानि राख्नु पर्ने उहाँकाे भनाइ  थियाे।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार २१:४०