पसलको उधारो माग्न जाँदा कुटपिट

Triveni

कभरखबर डेस्क ।

सल्यानको कालिमाटी गाउँपालिकामा पसलको उधारो लिएको रकम माग्न जाँदा एक महिला माथी कुटपिट भएको छ । असार १९ गते कालिमाटी गाउँपाकिला–४ निवासी३४ वर्षीया महिला टिका खत्रीले आप्mनो पसलबाट उधारो लिएको रकम छिमेकीको घरमा माग्न जाँदा स्थानीय ५३ वर्षीय इन्द्र बहादुर पुनले कुटपिट गरेको आरोप लागेको छ ।

स्थानीय बजारमा पसल गर्दै आएकी ती महिलाले पसलबाट लगेको उधारो सामान र थप केही रकम माग्न य इन्द्र बहादुरको छोराको घरमा गएको समयमा केहि विषयमा विवाद हुँदा महिलामाथी कुटपिट भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना बारे स्थानीयले जानकारी दिएपछि आरोपितलाइ प्रहरीले सोहीदिन पक्राउ समेत गरेको थियो तर पिडित महिलाको टाउकोमा चोट लागेको र उपचार गर्नु पर्ने भएकाले असार २० गते हाजिरी जमानीमा छाडेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

पीडितको उपचार अंचल अस्पताल दाँगमा भइ रहेको र यस विषयमा कहींकतैबाट जाहेरी नआएको प्रहरीको भनाइ छ । घटना बारे थप अनुसन्धान भइ रहेको र पीडित पक्षले जाहेरी दिएमा सोही अनुसार अगाडी बढ्ने प्रहरीले जनाएको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker