बनगाडकाे वडा नम्बर ३मा पानी पुगे पछि स्थानीय खुशी

 इन्द्र बुढाथोकी ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा न ३ को मुलाखोला खेतगारा खानिगाउ, मेलटाकुरा, कुमटाकुरा र बरापोखरा लिफ्ट खानेपानी पुगे पछि स्थानीय गाउँका मानिस खुसी भएका छन पुस्तौ पुस्ता देखि खानेपानीको लागि समस्या भोग्दै आएका उक्त गाउका मानिस खुसी भएका हुन । गत आर्थिक बर्षमा माननीय टेकबहादुर बस्नेत ससद बिकास कोषबाट ५० लाख कर्णाली प्रदेश सरकार ५० लाख र बनगाड कुपिण्डे नगरपालिकाको २ करोड ७४ लाख गरि जम्मा ३ करोड ७४ लाखमा टेन्डर भइ ३ करोड ५४ लाखमा काम गर्ने सम्झौतामा जेयुपी प्रालि काठमाडौले गरेको थियो एक बर्ष भित्र काम गर्ने भन्दै गत असारमा उक्त खानेपानीको शिलान्यास भएको थियो ।

थोरै काम बाकी रहेपनी ९५% काम सम्पन्न गरि गाउमा पानी आइसकेको निर्माण कम्पनीक विश्वविक्रम जोसीले बताउनु भएको छ । यस योजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ र वरापोखरा गाउँका १ सय ७६ घरधुरीका १२ सय नागरिक लाभान्वित हुने नगरका इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभयो । ६९ किलोवाटको सोलार सिस्टमबाट ४ सय २ मिटर लामो दुरिको लिफ्ट खानेपानी योजनामा ४ वटा ट्याङ्की छन् ।

बिगतमा खानेपानीको अभावमा समस्या भोग्दै आएका यहाँका नागरिकहरु अब घरमा नै खानेपानी आउनेभएपछि निकै खुसी भएको गौरी पुनले बताइन् उनले भन्नी गाउमा यसरी खानेपानी आउँछ भन्ने सोचेको पनि भिएन तर अहिले पानी आउदा आफुहरु असाध्य खुशी भएको उनको भनाइ छ । पहिला दैनीक २ देखि ३ घण्टा हिडेर खानेपानीको लागि हिडेर जानुपर्ने रातभर खानेपानी ल्याउन जानू पर्ने दिनभरी घरको काम गर्ने पर्ने बाध्यता थियो अब त्यो हटेको उहाले बताउनु भएको छ ।

खानेपानीको समस्याले गर्दा छोराछोरीको पढाई समेत प्रभावित हुने गरेको खानेपानी नहुदा सरसफाइ देखि सबै समस्या हुने गरेको समाजसेवी इन्द्र पुनले बताउनु भएको छ ।उहाले भन्नू भयो रातभर पानीको लागि जङ्गलमा जागरुक बस्दा कहिले सर्पको डर हुने र कहिले जंगली जनावर डरहुने गर्दथ्यो भने भिरको बाटो अफ्ट्यारो हुदा लडनेकी भन्ने डर समेत हुने गरेकोमा अब ती दिनहरु गएको भन्दै खुसी व्यक्त गरेका छन । आफुहरुको धेरै लामो पर्यास पछि नेताहरूलाई झक्झक्यादा अहिले लिफ्ट द्धरा खानेपानी समस्या हल भएको उहाँको भनाइ रहेको छ ।

स्थानीय युवा हरि पुनले नेताहरू आफ्नो माग सम्बोधन गरेर बर्षौ देखिको खानेपानी समस्या हटाइदिएकोमा धन्यवाद समेत दिएका छन । उनले भनेका छन बिकास अब दीर्घकालीन त दिगो भएमा असाध्य राम्रो हुने समेत उनले बताएका छन । पुर्व मन्त्री टेकबहादुर बस्नेतले आफ्ना चुनावी नारा पूरा भएको बताउनु भएको छ । जनयुद्ध काल देखि शान्ति प्रक्रियामा आइ पहिलो पटक निर्वाचित हुँदै देखि अहिले सम्म उक्त ठाउँमा खानेपानीको समस्या हटाउनको लागि आफू लागि परेको र अहिले गाउमा पानी पुगेको देख्दा असाध्य खुसी भएको उहाले व्यक्त गर्नु भएको छ ।

धेरै बजेट छुट्याउन नसकिए पनि तिनै तहको सरकारको समझदारीमा उक्त खानेपानी योजना सम्पन्न गरिएको उहाले बताउनु भएको छ । सल्यान बाट ३ पटक निर्बाचित ससाद समे!रहेका बस्नेत अब यसरी जिल्लाका बिकट डाडाका बस्तिहरुमा लिफ्ट द्धारा खानेपानी समस्या हल गरिने बताउनु भएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले पनि आफू स्थानीय तहमा निर्बाचित भए देखि पहल गरेको नगरपालिका विभिन्न ठाउहरुमा खानेपानीको लागि लागिरहेको र धेरै बस्तीहरुमा लिफ्टद्धारा खानेपानी व्यवस्थापन गरिने समेत नगर प्रमुख पुनले बताउनु भएको छ ।

एक बर्षमा नै काम सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद समेत दिनु भएको छ । गाउमा पानी पुगि सकेको र ९५ प्रतिशत काम पूरा भएको तर केहि काम बाकी रहेपनी गाउँमा पानी आइसकेको नगर प्रमुख पुनले बताउनु भएको छ । आफ्नो निर्बाचनको बाचा पूरा गरेको समेत उहाले बताउनु भएको छ । अबको केहि वर्षमा नगरपालिका बिकट बस्तिमा खानेपानी पुग्ने बताउनु भयो ।

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार १७:१८