
२६ असार, सल्यान। सल्यान लगायत कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध भएको छ ।
आज शनिबार बिहान नौ बजेदेखि अवरूद्द विद्युत सेवा साँझ पाँच बजेसम्म अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
कोहलपुर-सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयाे । ‘कोहलपुर-सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका हाँगाबिंगाहरु काट्नका लागि दिनभर विद्युत अवरुद्ध गर्नुपरेको हो,’ प्रमुख गिरीले भन्नुभयाे ।
उहाँका अनुसार बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक-पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको हो ।
कोहलपुर-सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सल्यानको पश्चिम, सुर्खेतसहित दैलेख, कालीकोट र जाजरकोट, रुकुमपश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २६ असार २०७८, शनिबार ०९:३३