Purushottam Giri

  • ३० असार २०७८, बुधबार १८:४४

भाडा वृद्धिको माग गर्दै अटो व्यवसायीहरु आन्दोलित,मनपरी भाडा असुल्ने १० सवारी साधन कार्वाहीमा

मिना बुढाथाेकी ।

भाडा वृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि अटो व्यवसायीहरुले पुरानै भाडादरमा काम गर्नु पर्ने बाध्ययता रहेको भन्दै भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन ।

दुई वर्ष अघि ९६ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ हुँदा ६० रुपैयाँ रहेको खलंगा –श्रीनगर सडकखण्डको भाडा रहेको तर अहिले १सय ३३ रुपैयाँ लिटर पेट्रोलियम पदार्थ पुगेपनि पुरानै भाडामा यात्रु बोक्न नसकिने सल्यान यातायात सेवा प्रा.लि.का अध्यक्ष लोकराज केसीले बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि अटो व्यवसायीले ६० बाट ८० रुपैयाँ भाडा बढाउँदा प्रहरी प्रशासनले रोक लगाएको केसीको आरोप छ । भाडा बढाउने विषयमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकामा पटक पटक धाउँदा पनि कुनै सुनुवाई नभएको केसीले बताउनुभयो ।

उनिहरुले आप्mना मागहरु सम्बोधन गर्न शारदा नगरपाकिलाकालाइ ध्यानाकर्षण समेत गराएका छन् ।नगर उप प्रमुख सावित्रा बस्नेतलाइ ध्यानाकर्षण पत्र बुझाउँदै व्यवसायीले छिटो भन्दा छिटो समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

जवाफमा नगरपालिका उप प्रमुख बस्नेतले बिहीवार बिहान अटो व्यवसायीहरुसंग पालिकाको कार्यालयमा छलफल गर्ने र स्थानीय सरकार ऐन अनुसार भाडादर कायम गर्न मिल्ने भए सो कुराको पनि टुंगो लगाउने बताउनुभयो । जिल्लामा सल्यान यातायात सेवा प्रालि, आरएस यातायात सेवा प्रालि र शिव गुफा यातायात प्रालिमा झन्डै ७० बढी अटो रहेका छन् ।

यता सवारी साधनहरुले सहमति विपरति बढी भाडा लिएको भन्ने गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानले १० वटा सवारी साधनलाइ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलका अनुसार जिल्ला तथा मातहतका प्रहरी युनिटहरूले चेकजाँच गर्दा बढी भाडा लिएका, सवारी कागजात नभएका र क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गरीएको छ ।

कार्वाही पर्नेमा बस ३ वटा, जिप २ वटा,भ्यान १ र अटो ४ वटा रहेको प्रहरीले जनाएको । प्रहरीले सवारी साधनहरुले तोकिएको दर भन्दा बढी भाडा लिएमा यस जिल्ला प्रहरी कार्यालय सल्यानको कन्ट्रोल रुम १००मा तथा नजिकैको प्रहरीलाइ जानकारी गराउन समेत प्रहरीले यात्रुवर्गमा अनुरोध गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले भाडादर मनपरी भएको जानकारी प्राप्त भएपछि दाँग सम्म जाने गाडीहरुमा रोक लगाएको बताउनुभयो ।

सल्यानबाट दाँगको लागी छुट्ने बस र पास लिएर दुरुपयोग गरेको पाइएकाले मंगलवारबाट गाडीलाइ पास दिन समेत रोक लगाएको बताउनुभयो । लकडाउनको समयमा यात्रुहरुसंग मनपरी भाडा असुली गर्ने सवारी साधनलाइ कानुन अनुसार कार्वाही समेत हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार १८:४४