दाङमा १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडे पक्राउ

दाङ – प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासकाे गड्डी नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७८, शनिबार ११:३५