खेल्ने क्रममा विवाद हुँदा सल्यानमा भाइले गरे दाइको हत्या

सल्यान .
सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायशी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १२ वर्षीय भाइले भाइ १३ वर्षिया दाइलाइ जुत्ता सिलाउने सुयोले बायाँ कान मुनी प्रहार गरी घाइते भएपछि उपचारका क्रममा आज बिहान उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयाे।

संन्दिप परियारको उपचारका क्रममै शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सन्दिप र सुयो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए । दुइ दाजु भाइका छोराबिच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लगी थप अनुसन्धान भइ रहेको प्रवक्ता पौडेलले बताउनुभयाे ।

प्रकाशित मिति: ६ श्रावण २०७८, बुधबार १४:३४