रोकी राखेको गाडी गुड्दा सल्यानमा एकको मृत्यु

Triveni

सल्यान । 

रोकी राखेको गाडी गुड्दा सल्यानको कालीमाटीमा एक जनाको ज्यान गएको छ । टायर फेर्नको लागी राकिएको गाडी गुड्दा कालीमाटी गाउँपालिका–२ मेहलकुना निवासी अन्दाजी १९ वर्षीय ज्ञान बहादुर वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

कालिमाटीको रामपुरमा रोकी राखेको कालिका कन्सट्रक्सनको ना १ क ४६२५ नम्बरको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको ओट भाँसिएपछि सहचालक समेत रहेका वलीको ज्यान गएको प्रहरलिे जनाएको छ ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय कालीमाटी बाट प्रहरी नायब निरिक्षक ओपेन्द्र कुमार शाहीको नेतृत्वमा प्रहरी पुगी सकेको र थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय लुहामबाट इन्सपेक्टर श्याम प्रसाद यादवको कमाण्डमा प्रहरी घटनास्थलका लागी हिडी सकेको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker