भेरीकाे छेउमा तीन तले घर भत्किदा दुइ जना घाइते

Triveni

इन्द्र बुढाथाेकी सल्यान ।

सल्यानकाे पश्चिमी क्षेत्र बनगाड कुपिण्डेमा  भेरी छेउकाे घर भत्किदाँ २ जना घाइते भएका छन् ।बनगाड कुपिण्डे नगरपालिका ११ गंगटेमा रहेकाे भेरि हाइवे हाेटल भएकाे ३ तले घरकाे जग भाँसिएर भत्किदाँ २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेहरुमा हाेटलमा काम गर्ने रुकुम पश्चिम सानाेभेरी गाउँपालिका ८ का १३ वर्षीय युवराज डाँगी र   कुमाख गाउँपालिका २ का ५० वर्षीय लिल बहादुर रावत रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पाैडेलले बताउनुभयाे ।

दुबैजनाकाे खुट्टा र हातमा सामान्य चाेट लागेकाे र उनिहरु अवस्था सामान्य रहेकाे र मेहलकुना स्वास्थ्य चाैकीमा उपचार भैरहेकाे उहाँले बताउनुभयाे। भेरि नदिकाे किनारमा रहेकाे साे घर पुर्ण रुपमा क्षती भएकाे छ । त्यस्तै घरमा भएका सम्पुर्ण सामानहरु पुरिएका छन् । घर भत्किदा हाेटलमा खाना खानेहरुकाे संख्या धेरै भएपनि उनिहरु सकुशल रहेका छन् ।

थप उद्धारका लागी इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरीटाेली घटनास्थल पुगी सकेकाे प्रहरीले जनाएकाे छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker