सल्यानकी सुत्केरी महिलालाइ हेलिकप्टर बाट उद्धार गरी उपचारका लागी सुर्खेत पठाइयाे

Triveni

कभरखबर डेस्क ।

सल्यानमा सुत्केरी महिलालाइ हेलिकप्टर बाट उद्धार गरी उपचारका लागी सुर्खेत पठाइएको छ । महोत्तरीको सोन्मा गाउँपालिका–१ निवासी हाल शारदा नगरपालिका–२ बस्ने २० वर्षीया अर्चना कुमारी यादबलाइ सल्यान अस्पतालमा शल्यकृयाबाट बच्चा जन्मिएको दुइ दिनपछि समस्या देखिएपछि उपचारका लागी सुर्खेत पठाइएको डाक्टर भिमकान्त जैशीले जानकारी दिनुभयो ।

शल्यकृया पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने कुरालाइ मध्यनजर गर्दै थप उपचारक लागी दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागी हवाइ उद्धार सम्बन्धी कार्यविधि२०७५ अनुसार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको उहाँले बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टर बाट सुर्खेत लगिएकी ती महिलाको उद्धारमा आवश्यक समन्वय गर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी,सवास्थ्य सेवा कार्यालय ,सल्यान जिल्ला अस्पताल र कर्मचारीहरु, कर्णालि प्रदेश अस्पताल र कर्मचारिहरु, सल्यान र सुर्खेतका प्मुख जिल्ला अधिकारी, नेपालि सेना, नेपाल प्रहरि लगायत सबैमा हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएकाे छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker