कभर खबर

  • ८ श्रावण २०७८, शुक्रबार १७:४५

फ्रीजी लाइफ अष्ट्रेलियाद्वारा बनगाड कुपिण्डेमा राहत वितरण

इन्द्र बुढाथोकी
साउन ८ सल्यान । फ्रीजी लाइफ अष्ट्रेलिया ले बनगाड कुपिण्डे नगरपालिका वडा न १ र ६ का असहाय, अपांग, एकल महिला र अति न्यून आय भएका ५० घरपरिवारलालाई राहत वितरण गरिएको छ ।

बनगाड कुपिण्डे नगरपालिका १ न वडा अध्यक्ष शान्त कुमार यरिको र सस्थाका प्रतिनिधिले सयुक्त रुपमा वितरण गरेका हुन । वडा अध्यक्ष यरिले यस्तो बिपतको समयमा आएर पनि सहयोग गरेकोमा सस्थालाइ धन्यवाद समेत दिएका छन । उनले भने गत वर्ष आफ्नो नगरपालिका यसरी नै राहत वितरण गरिए अध्यक्ष यरिले बताउनु भएको छ ।

२५ केजि चामल, १ पोका नुन, १ पाकेट स्वबिन र १ केजि दाल वितरण गरिएको छ । कोरोना भाइरसका कारण काम गर्न नपाएर पीडित भएका परिवारलाई राहत दिइएको सस्थाका प्रतिनिधि छिरिङ लामा शेर्पाले बताउनु भएको छ । उहाले कोरोनाका कारण लकडाउनको समयमा साझा बिहानको छाक टार्न गाह्रो भएकोलाइ वितरण गरिएको बताउनु भएको छ ।

यस सस्थाले कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम सहित नेपालका ३० जिल्लाका ५० घरपरिवारका दरले वितरण गरिएको जनाएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७८, शुक्रबार १७:४५