घोडाले हानेर वालकको ज्यान गयो

इन्द्र बुढाथोकी

सल्यान १२, पुस –  सल्यानमा घोडाले हानेर एक बालकको ज्यान गएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हानेर एक बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु रहेका छन् । शुक्रबार वेलुकी छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले हान्दा घाईते भएका थिए ।
घाइतेलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृतकलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति: १२ पुष २०७६, शनिबार ०८:०५