सल्ली प्रहरीद्वारा ५५ लिटर अवैध मदिरा नष्ट

इन्द्र बुढाथोकी

सल्यान साउन ९ । ईलाका प्रहरी कार्यालय सल्लीबजारले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट ५५ लिटर अबैध घरेलु मदिरा, रक्सी बनाउने १ सय चालिस लिटर कच्चा पदार्थ,  प्लास्टिक भाडा १८ वटा, रक्सी बनाउने भाडा ४ जोडा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

बरामद गरेको मदिरा स्थानीय जनप्रतिनिधी र स्थानियकाे रोहोवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

घरेलु मदिराले घरेलु हिंसा, महिला हिंसा तथा अपराधिक क्रियाकलाप बढाउन मद्धत गर्ने भएकाले नष्ट गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: ९ श्रावण २०७८, शनिबार २१:१७