बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु र मिलापत्र गरेको आरोपमा वडा सदस्य सहित ७ जना पक्राउ

कभरखबर डेस्क ।

राेल्पामा बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई  इलाका प्रहरी कार्यालय राेल्पाले पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी प्रमुख डिएसपी नरेसराज सुवेदीले जानकारी दिनुभयाे । अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिम बहादुर बिष्ट सहित अन्य ६ जनालाई समेत पक्राउ गरेको उहाँले बताउनुभयाे ।

साउन २ गते बिहान ३ बजेको समयमा घटना पश्चात पिडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए । पिडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए । वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए । साउन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भयो । छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरे ।

छलफलमा जुटेकाले उनलाई बीस हजार रुपैँया जरिवाना तोके, जसमध्य पाँच हजार पिडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाँउको एक कुनै कोषको लागि छुट्याउने समेत निर्णय भयो । पिडितले पाउने पाँच हजार मध्ये  एक हजार बराबर छलफलमा जुटेकाहरुले चिया पानी खाने भनेर छुट्याए भने पाँच सय पिडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने बताए । पिडितले त्येसै गरीन् ।

पिडितले न्याय पाएको अनुभुति गरिनन् । उनले आफ्नो बाबालाई सबै घटनाको बारे  बताएपछि  भोलीपल्ट साउन ४ गत्ते मात्रै प्रहरीले घटनाबारे जानकारी पायाे । जाहेरीका आधारमा अभियुक्त भनेका पिडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धान शुरू गरेकाे र अनुसन्धानको क्रममा हाल वडा सदस्य सहित जम्मा ७ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि थप अनुसन्धान भईरहेको डिएसपी सुवेदीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: १० श्रावण २०७८, आईतवार ०९:२७