रूकुम पश्चिममा आफ्नो पैसा नदिएको भन्दै एक व्यापारीले रोके गाउँपालिकाको एम्बुलेंस

प्रचण्ड खत्री / रुकुम पशिम

आफ्नो पैसा नदिएको भन्दै मुसिकोट नगरपालिकाका एक व्यापारीले बाफिकोट गाउपालिकाको एम्बुलेंस रोकेका छन । खलंगाका ब्यापारी राजु खड्काले आफ्नो ७० हजार रुपैया नदिएको भन्दै एम्बुलेंस रोकेको बताउनुभयाे ।

गाउपालिकाका सरकारी नम्बर पिलेटका मोटरसाईकल बनाएको एक बर्ष सम्म आफ्नो भुक्तानी नभएको भन्दै गाडी रोकीदिएको उहाँको भनाई छ ।

गाउपालिकाको एम्बुलेंस रोकिदा हजारौ बिरामीहरु मारमा परेको चालक कलिभान पौडेलको भनाई छ । एम्बुलेंस रोकिएको दुई हप्ता सम्म गाउपालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले यस विषयमा चासो नदिएको आफुले फोन गर्दा रिसिभ नहुने र उताबाट फोन नआएको व्यापारिक राजु खड्काको भनाई छ ।

बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले भने राजु खड्का ब्यापारीले आफुलाई फोन गरेको बताउनुभयाे । गाडी बनाएको पैसा हामि दिन्न भन्दैनौ दिने हो तर गाउपालिकामा लेखापालले काम नगरेकोले उनको पैसाको चेक नबनाएको बताउनुभयाे । एम्बुलेंस रोक्ने मान्छेलाई कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने गाउपालिका अध्यक्ष केसीको भनाई छ ।

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार १२:१९