कभर खबर

  • १२ श्रावण २०७८, मंगलवार २१:११

पछिल्लाे २४ घंटामा नेेपालमा संक्रमितको संख्या ४ हजार नजिक, डेल्टासँँगै डेल्टा प्लस सक्रिय

काठमाडौं ।

कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ५१८ नमुना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिन सोमबार देशभरमा १७ हजार २७२ परीक्षणमा ३४२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार अहिले डेल्टा भेरियल्ट र यसको म्युटेन्ट डेल्टा प्लस सक्रिय देखिएको छ । देशभरबाट संकलन गरिएको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि ३० असारमा भारत पठाइएको थियो ।

सबै नमुनामा डेल्टा भेरियन्ट पाइएको छ । त्यसमध्ये ३ वटामा डेल्टा प्लस म्युटेन्ट पाइएको छ । हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियल्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो तहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलवार २१:११