सल्यानमा विद्यालय भवन निर्माणमा काम गरेका मजदुरले ज्याला नपाएको गुनासो

सल्यान ।
बागचौर नगरपालिका–९ कुइयापानी स्थित सुर्य आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गरेका ७ जना मजदुरले आफुले पाउनुपर्ने ज्याला नपाएको गुनासो गरेका छन् ।

विद्यालयको दुई कोठे नयाँ भवन निमार्णको क्रममा काम गरे बापत आफूँहरुले ज्याला ७५ दिन बराबरको ज्यला नपाएको ४८ वर्षीय मजदुर नर बहादुर डाँगीले बताउनुभयो । हामीलाइ भवनमा काम गराउँदा दैनिक एक हजार दिने सहमतीमा काम गर्न लगाउनुभयो त्यस अनुसार हामीले ७५ दिन बराबर कारम गरेको प्रत्येकले ७५ हजार रकम पाउनु पर्ने हो उहाँले भन्नुभयो, तर अहिले आएर मजदुरी गरे बापतको रकम न पाउँदा समस्या भएको छ ।

काम गर्ने बेला रासन समेत आप्mनै पैसाले खरिद गरियो अहिले आएर ‘पैसा माग्दा निमार्ण समितिले विद्यालय व्यवस्थापन समितिसंग माग्नुहोस भन्ने र विव्यसलाई भन्दा निमार्ण समितिसंग माग्नुस भन्दै हाम्रो पैसा दिन आनाकानी भइरहेको छ,उहाँले भन्नुभयो ।

यस्तै दैनिक १२ सयका दरले मिस्त्री काम गरेका ४४ वर्षीय केशर बहादुर डाँगीले पनि अहिले सम्म मजदुरी गरेको रककम नपाएको बताउनु भयो । आफुहरुले पटक पटक ज्याला माग्न जाँदा पनि कुनै वास्ता नगरेपछि साउन १२ गतेदेखि नवनिर्मित भवनमा तालाबन्दी गरेको उहाँले बताउनुभयो ।कभरखबर संग कुरा गर्दै उहाँले भन्नुभयो, हामीहरुले हाम्रो ज्याला नपाउँदा सम्म हामीले सामुहिक रुपमा विद्यालयमा तालाबन्दी गरेका छौं,उहाँले भन्नुभयो, ज्याला नपाउँदा सम्म तालाबन्दी गरी रहने छौं ।

पूर्वाधार कार्यालय सल्यानबाट १५ लाखको बजेटमा निमार्ण भएको भवन १२ लाख ३ हजार मात्र भुक्तानी हुँदा र त्यस मध्येपनि भवन बनाउँदा आफ्नो पैसा परेको भन्दै विव्यस अध्यक्ष काली बहादुर भण्डारीले पैसा लगेपछि समस्या भएको निमार्ण समितिका अध्यक्ष प्रेम बहादुर डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विव्यस अध्यक्षले मेरो पनि पैसा परेको छ भन्दै चारलाख रकम निकालेर लगी सक्नुभयो,उहाँले पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने ।’

पूर्वाधार कार्यालयले निमार्ण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालि बहादुर भण्डारीले बताउनुभयो । पैसा विद्यालयको खातामा नभई निमार्ण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाख बराबरको काम गरेको त्यसमा फेरी कार्यालयले गुणस्तरिय नभएको भन्दै १२ लाख मात्र भुक्तानी भएपछि समस्या भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १३ श्रावण २०७८, बुधबार १७:१४