
इन्द्र बुढाथाेकी
सल्यान १२, पुष – सल्यानको पश्चिम क्षेत्रमा छाडा पशु चौपाया छोड्ने क्रम वढेको छ ।
घरपालुवा जनावर गाईगोरू जथाभावी छोड्दा समस्या भएको छ भने नगरका विभिन्न स्थानमा लगाएको तरकारी र अन्य बालीनालीमा पशुचौपायले क्षेती पुर्याएका छन् । बन्गाड खोला आसपासमा दर्जन बढी पशु चौपाया छाडा रुपमा हिडिरहेका हुन्छन् ।
यस्तै सल्लिवजारमा पनि थुप्रै छाडा छोडेका वस्तुभाउ हिडिरहेका हुन्छन् र जसका कारण सडक दुर्घटनाको जोखिम बढेको देखिन्छ । छाडा पशुचौपायका कारण बजार क्षेत्र पनि कुरुप बन्दै गएको छ ।
छाडा गाईबस्तुको दिगो रुपमा उचित ब्यबस्थापन गर्न आबश्यक रहेको एक ब्यापारीले बताए । उनले यसका लागी बजार ब्यबस्थापन समिती, नगरपालिका लगाएत सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाई छ ।
घरपालुवा पशुहरु छाडा छोड्नेलाइ कारवाही हुनुपर्ने स्थानियको माग छ । यस समस्या समाधानको लागी नगरपालिकाले खासै ध्यान नदिएको स्थानियको गुणासो छ ।
प्रकाशित मिति: १२ पुष २०७६, शनिबार ०९:२२