दाङ- भुमि सम्बनधी समस्या समाधान आयोग खारेज हुदा दाङमा एक लाख नागरिकलाई पुर्जा वितरणको काम प्रभावित बनेको छ । जिल्लामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी २५ हजार र अव्यवस्थित बसोबासी ७५ हजार गरी एक लाख नागरिकको लगत संकलन भएको थियो ।तर आयोग खारेज हुदा जिल्लाका स्थानिय पालिकामा भुमि सम्बन्धीको काम अन्यौलमा परेको छ ।प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले आयोग खारेज गरेपनि दाङका कतिपय पालिकाहरुले भने काम नरोकिने बताएका छन् । आयोग खारेज भएको विरुद्धमा विरोध प्रर्दशन भईरहेको अवस्थामा स्थानिय पालिकाहरुले आफुहरुबाट हुने काम प्रक्रिया नरोक्ने बताएका छन् । आयोग हुदा अन्यौलता भएता पनि स्थानिय पालिकाबाट हुने काम प्रक्रियालाई निरन्तरता दिने बताएका छन् ।
पश्चिम दाङको बबई गाउँपालिकाले सवै प्रक्रिया पुरा गरेर आगामी भदौ १७ गते सम्म झन्डै साढे चार सय बढिलाई पुर्जा बाड्ने तयारी थालेको थियो । तर आयोग खारेज हुदा काम गर्न समस्या भएपनि आफुहरु यसबाट पछि नहट्ने र पुर्जा वितरण गरेरै छाड्ने गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको दावी छ ।हामीले भुमिहिन दलित र भुमिहीन सुकुमबासीलाई पहिलो चरणमा पुर्जा दिने तयारी गरेका छौ उहाले भन्नुभयो, पुर्जा समेत छापिएको छ । पुर्जा वितरणको अब अन्तिम काम भनेको प्रमाणीकरण मात्रै भएकाले सरकारले तत्काल निर्णय सच्याउन उहाले माग गर्नुभयो । जनतालाई पुर्जा दिने भनेर तयारी भएको अवस्थामा आयोग खारेज हुदा जग्गाको मालिक बन्ने जनताको सपना अपुरो हुने उहाले बताउनुभयो ।
त्यस कारण सरकारले निर्णय सच्याउनु पर्ने उहाको भनाई छ । अहिले सम्म धेरै लगानी खर्च भईसकेको बताउदै उहाले यस प्रति सरकार गम्भिर हुन उहाले आग्रह गर्नुभयो ।तर शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले आफुहरुले काम गरीरहेको बताउनुभयो । सत्तागठबन्धनका समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष डाँगीले आयोग खारेज नभएको जिकिर गर्नुभयो । उहाले आयोगका पदाधिकारी खारेज भएको बताउनुभयो । आयोग खारेज नभएको हुदा सरकारले पदाधिकारी गठन गरी काम अघि बढाउनु पर्ने उहाको तर्क छ । गाउँपालिकामा आफुहरुले भुमि सम्बन्धीको थुप्रै काम सम्पन्न गरेको र काम निरन्तर भईरहेको उहाले बताउनुभयो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भुमि आयोग गठन गरी देशभर काम भईरहेको अवस्थामा सरकार परिवर्तन भएसंगै आयोग खारेज हुदा लालपुर्जा पाउने आशामा बसेका भुमिहिन सुकुमबासी, भुमिहिन दलित र अव्यवपिस्थत बसोबासी नागरिकहरु अहिले निराश बनेका छन् ।
प्रकाशित मिति: २५ श्रावण २०७८, सोमबार १५:०४