लाखौँ रकम तथा सुन ठगीका आरोपीत “पछ्यौरी डन” पक्राउ


ठगिको आरोपमा प्रहरीले एकजनालाइ पक्रेको छ । लाखौँ रकम तथा सुन ठगी गरेको आरोपमा प्रहरीले कालिकोट सान्नी त्रिवेणी गाउपालिका वडा नं. ४ का २६ वर्षिय निरम कुमार शाहीलाइ पक्राउ गरेको हाे ।

कसैसंग काँचो सुनको व्यापारी, कसैसंग जग्गा व्यापारी तथा कसैसंग आफूलाई ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका वा विभिन्न साईनो सम्बन्ध बनाएर उनले लाखाैँ रकम ठगी गरेको प्रहरीको भनाइ छ ।

लाखौँ रकम र सुन ठगी गरी फरार रहेका शाहीले फेसबुकमा “संगम ठकुरी” नाम राखेर “पछ्यौरी डन”को रुपमा समेत चिनिने आफ्नो घर ठेगाना विभिन्न ठाउँमा बताउने गरेको जिल्ला प्हरी कायार्लय सल्यानले जनाएको छ ।


शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौ संगको समन्वय र सहयोगमा काठमाडौबाट पक्राउ गरी सल्यान जिल्ला अदालतबाट दिन १५ म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर अर्जुन पाैडेलले जानकारी दिनुभयाे ।

सल्यानका एक व्यक्तीबाट हाल सम्म ९ लाख ठगेको भेटिएको उहाँले बताउनुभयाे ।


शाहीले अन्य विभिन्न स्थानहरुमा समेत ठगी गरेको हुनसक्ने भएकोले निजबाट पीडित व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आईतवार २१:१९