बनगाडमा दुइ महिना देखी सडक अवरुद्ध, आठ महिना देखी बृद्धभत्ता नपाएकाहरुलाइ बैंकसम्म पुग्नै सास्ती


जिल्लाको बनगाड कुपिण्डे नगरपालिका भित्रका स्थानीय सडक अवरुद्ध भएको दुइ महिनासम्म सुचारु नहुँदा स्थानीयलाइ समस्या भएको छ । नगरपालिकाका ६ वटा वडाका विभिन्न बस्तीमा जाने सडक पुर्णरुपमा बिग्रिएका छन् । सडक अवरुद्ध हुदा सामाजिक सुरक्षा भत्ता वुझ्न लिन जान जेष्ठ नागरिक समस्या भएको छ ।
विगत आठ महिना देखी बृद्धभत्ता नपाएका बनगाड कुपिण्डे नगरपालिका–१२ निवासी ७२ वर्षीय रेशम बहादुर खड्काले अहिले पनि बृद्धभत्ता लिन सकेका छैनन् । आन्तरिक विवादका कारण हाल सम्म नगरसभा सम्पन्न गर्न नसकेको अवस्थामा आठ महिना पछि मात्रै नगरपालिकाले बृद्धभत्ता वितरण गर्न लागेपनि विगत दुइ महिनादेखी बाटो अवरुद्ध हुँदा भत्ता लिन सल्लीबजारमा रहेको बैंकसम्म जान नसकेको उहाँले बताउनुभयाे ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका –२ निवासी ७० वर्षीया मंगली बुढाका अनुसार पहिरोले ठाउँ ठाउँमा सडक बिगारेको छ,मोटर गाडी चल्दैनन्,उहाँले भन्नुभयाे,पैदल हिडेर बैंक सम्म जान सकिदैन् अब गाडी खुलेपछि मात्रै भत्ता लिन जानु पर्ला । उहाँले विगत दुइ महिनादेखी गाउँमा विरामी परेकालाइ पनि स्वास्थ्य संस्थामा लैजान सास्ती भएको बताउनुभयाे ।
साल्चौर क्षेत्रमा वर्षातले सडक अवरुद्ध भएपछि एक महिना सम्म सो सडक अवरुद्ध वन्यो ।धेरै पटक पालिकालाइ नगरको जेसिवि पठाइदिन गरेको अनुरोध गरेपनि कुनै प्रतिकृया नआएको बनगाड कुपिण्डे नगरपालिका–१२ वडा अध्यक्ष गोविन्द डाँगीले बताउनुभयाे।
निगाल्चुला जाने सडक सुचारूका गर्न नगरपालिकालाइ स्काभेटर उपलब्ध गराइदिन एक महिना सम्म बारम्बार फोन गरेपनि नगरपालिकाले बेवास्ता गरेपछि वडाअध्यक्ष डाँगीले व्यक्तिगत लगानीमा सडक सुचारू गरेको बताउनुभयाे ।
असारको पहिलो साता बिग्रेका यहाँका सबै सडक सुचारु गर्ने कुरामा नगरपालिका वेखबर वनेपछि आफैले सडक मर्मत गरेको छु उनले भने । यतिखेर सबै सडक मर्मत गर्न नसकिए पनि केही महत्वपूर्ण वडा जोड्ने सडक नगरपालिकाको जेसिविले काम गरिदिए स्थानीयलाई आवागमनमा सहजता हुने उहाँको भनाइ छ ।
यस सम्बन्धमा नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत धर्मराज ढकालले हाल सम्म नगरसभा सम्पन्न हुन नसक्दा समस्या भएको प्रतिकृया दिनुभयाे । नगरसभा बस्न नसक्दा रकम सनकासा हुन सकेको छैन्,इन्धन अभाव लगायतका कारणले पनि भनेको समयमा विकास निर्माणका कामहरु हुन सकेका छैन्न उनले भने । नगरसभा सम्पन्न नहुँदा सम्म काम गर्न समस्या भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: ७ भाद्र २०७८, सोमबार १९:५७