सल्यानमा खोलाले बगाएर एकको ज्यान गयो



सल्यानमा खोलाले बगाएर एकजनाको ज्यान गएको छ । जिल्लाको कुमाख गाउँपालिका–४ निवासी ५१ वर्षीय लिलाधर शर्माको मंगलवार स्थानीय मर्मखोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयाे ।

घरबाट रागेचौर तर्फ जाँदै गर्दा स्थानीय मर्मखोलामा बगेर बेपत्ता भएको खबर स्थानीयले इलाका प्रहरी कार्यालय रागेचौरमा दिएपछि प्रहरी र स्थानीयको सहयोगमा सवा १२ बजेको समयमा कुमाख गाउँपालिका –२ शान्ती बजार स्थित खोलाको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७८, मंगलवार १३:०६