सल्यानमा जबरजस्तीकरणीका मुद्धा दोब्बरले बढे


सल्यानमा जबरजस्तीकरणीका मुद्धा गत वर्ष भन्दा दोब्बर रुपले बढेका छन् । जिल्ला अदालत सल्यानको तथ्याँकमा हेर्ने हो भने गत आर्थिक वर्ष ०७६÷०७७ मा २४ वटा जबरजस्तीकरणीका मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष ०७७÷०७८ मा ४६ थान मुद्धा दर्ता भएका छन् । जुन गत वर्ष भन्दा करिब दोब्बर रुपले वृधि भएको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

शुक्रवार जिल्ला स्थित पत्रकारहरु संग अन्तरकृया गर्दै श्रेस्तेदार ज्ञवालीले अदालतमा पोहोरको तुलनामा यस वर्ष जबरजस्तीकरणीमा मुद्धा बढेको बताउनुभयो । यस्तै सम्बन्ध विच्छेदका घटनामा समेत वृद्धि भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष ०७६÷०७७मा १ सय ८ थान मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष ०७७÷०७८ मा २ सय २९ थान मुद्धा दर्ता भएको उहाँले बताउनुभयो ।

कम उमेरमा विवाह हुनु,प्रविधिको विकास,वैदेशिक रोजगारी,एक अर्काप्रति आकर्षण र स्तरमा अन्तर लगायतका कारणहरुले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो । उहाँले गत आर्थिक वर्ष ०७७÷०७८ मा अदालते ६८ दशमलव ३६ प्रतिशत मुद्दा फच्यौट गरेको बताउनुभयो । अदालतमा दर्ता भएका ५ सय ७२ मुद्दा मध्ये ३ सय ९१ वटा मुद्दा अर्थात ६८ दशमलव ३६ प्रतिशत फच्यौट गर्न सफल भएको हौं उहाँले भन्नुभयो ।

यस्तै १ सय ८१ मुद्दा चालु आर्थिक वर्षमा सरी आएको छ ।अदालतले सबैभन्दा धेरै देवानी तर्फ ३ सय २७ मुद्दामा २ सय २६ अर्थात ६९ दशमलव ११ प्रतिशत मुद्दा फच्यौट गरेको छ । फौजदारी तर्फ भने २ सय ४५ मुद्दामा १ सय १६५ मुद्दा फच्यौट गरेको छ । गत आर्थिक वर्षमा ५ सय ३४ मुद्दाको लक्ष्य राखेको भए पनि त्यो भन्दा बढी मुद्दा परेको अदालतले जनाएको छ ।


मेलमिलाप प्रकृयामा कर्णालीमै उत्कृष्ट
जि
ल्ला अदालतमा परेका मुद्धा मध्ये मेलमिलापको माध्यमबाट मुद्धा टुंग्याउने मध्ये सल्यान अदालत कर्णालीमै उत्कृष्ट बन्न सफल भएको छ ।

अन्य जिल्लाको तुलनामा मेलमिलापको माध्यमबाट मुद्धा टुंगो लगाउने पहिलो उत्कृष्ट जिल्ला बन्न सफल भएको जिल्ला न्यायाधीष कुल प्रसाद पाण्डेले बताउनुभयो ।

अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा फच्र्योट भएका ३ सय ९१ थान मुद्धा मध्ये २२ थान मुद्धा मेलमिलापको माध्यम बाट टुंगो लगाउन सफल भएको बताउनुभयो ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार १८:०५