रोल्पामा पहिरोसँगै खसेको ढुंगाले किचेर आमा–छोरीको मृत्यु

रोल्पा– रोल्पामा पहिरोसँगै खसेको ढुंगाले किचेर आमा–छोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ढुंगाले किचेर मृत्यु भएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगा लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढुंगा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो । यसैगरी विवाह भोज खाएर फर्कने क्रममा लडेर रोल्पा नगरपालिका ३ खुमेलका ४४ वर्षीय तीर्थलाल थापाको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७८, बुधबार १५:२६