कभर खवर

  • ८ आश्विन २०७८, शुक्रबार १८:३६

पोषण संवेदनशील कृषिकार्यक्रम सम्बन्धी दुइदिने तालिम सम्पन्न

स्थानीयतहमा कार्यरत कृषि तथा पशुपक्षिं सेवाशाखाका प्रमुख तथा प्राबिधिक हरुलाई पोषण संवेदनशील कृषि कार्यक्रम सम्बन्धी दुइदिने तालिम सम्पन्न भएको छ। सुआहारा दोस्रो कार्यक्रमको आयोजनामा असोज ६र७गते श्रीनगरमा भएको कार्यक्रममा सल्यान जिल्लाका सबै स्थानीय तहका कृषि तथा पशुपक्षिं बिकास सेवा शाखा प्रमुख तथा प्राबिधिक हरुको उपस्थिति रहेको थियो।


नेपाल सरकारले अवलम्बन गरेको क्षेत्रिय पोषण योजना दोस्रो तथा २०बर्षे कृषि बिकास रणनीति, खाद्य तथा पोषण सुरक्षा योजना लगायतका नीतिगत दस्तावेजमा उल्लेखित पोषण र खाद्य सुरक्षाको लक्ष्य प्राप्तिका लागि कृषि तथा पशुपक्षि क्षेत्रको भुमिका र दायित्वबारे छलफल र समिक्षा गर्न २दिने कार्यक्रमको आयोजना गरिएको सुआहारा कार्यक्रमका घरायासी खाद्यान्न उत्पादन तथा वजारीकरण अधिकृत सेतलाल डाँगीले बताउनुभयो।


डाँगीका अनुसार २दिने कार्यक्रममा नेपालको खाद्यसुरक्षा अवस्था, कुपोषणको चक्र तथा सुनौलो १०००दिन, कुपोषण र खाद्य असुरक्षाको समस्या समाधानका लागि संघ, प्रदेशस रकारले अपनाएका रणनीतीहरु, महिला तथा बालबालिकाको विविध पोषणयुत्त खाद्यान्नमा पहुँच, पोषण संवेदनशिल कृषि कार्यक्रम, सुआहारा परियोजना र घरायसी खाद्यान्न उत्पादन, घरायसी खाद्यान्न उत्पादन किन पोषण संवेदनशिल कार्यक्रम हो ।पोषण संवेदनशिल कृषि सेवा प्रसार र दिगोपनाकोलागि ग्रामिण नमुना कृषक अवधारणा साथै पोषण संवेदनशिल कार्यक्रम तर्जुमा लगाएतका बिषयहरुमा छलफल गरिएको थियो।


कार्यक्रममा पशु अस्पताल तथा पशुसेवा केन्द्र, सल्यानका निमित्त कार्यालय प्रमुख कपिलप्रसाद उपाध्याय, कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्य, सुआहारा कार्यक्रम कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्मा, बरिष्ठ प्राबिधिक संयोजक निरजकेसी, सुआहारा कार्यक्रम दाङ्गका घरायसी खाद्यान्न उत्पादन तथा वजारिकरण अधिकृत सेतलाल डाँगी, दलित बिकासमा सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकी लगाएतले सहजिकरण गर्नुभएको थियो।


कार्यक्रमका अवसरमा जिल्लामा संचालित कृषि क्षेत्र बिकास सहयोग कार्यक्रमको वारेमा कार्यक्रमका जेशि तथा पोषण अधिकृत सन्तोष दुबेले सहभागीहरुलाई कृषि क्षेत्रबिकास सहयोग कार्यक्रमले गर्ने क्रियाकलाप, कार्यक्रम संचालन ढाँचा, लक्षित वर्गका साथै कार्यक्रमको कार्यक्षेत्रको वारेमा जानकारी गराएका थिए।
तालिमको पहिलोदिन दलित बिकासमा सल्यानका अध्यक्ष निमबहादुर नेपालीको अध्यक्षताबाट सुरुभएको कार्यक्रममा दोस्रो दिन समापनको अवसरमा सहभागीहरुको तर्पmबाट बसन्त रावत (पशु बिकास प्राबिधिक त्रिबेणी गाउँपालिका) र बुद्धि बहादुर वली (कृषि अधिकृत कालिमाटी गाउँपालिका) ले तालिममा सिकेका कुराहरु सहभागीहरु सबैले आ–आफ्नो पालिकामा कार्यान्यन को लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दुइदिने तालिमका अवसरमा सबै सहभागीहरुले आ–आफ्नो पालिकामा गर्ने पोषण सम्बेदनशिल क्रियाकलाप सहतिको कार्ययोजना पनि तयार गरेका छन्। उक्त कार्यक्रमको सञ्चालन दलित बिकासमा सल्यान सुआहारा कार्यक्रमका फिल््ड संयोजक तोरण बहादुर बुढाथोकीले गर्नु भएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०७८, शुक्रबार १८:३६