मग्मा दुली घापागार सडक अझै खुलेन

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे बापिकोट गाँउपालिका वडा नम्बर ६ को मग्मा देखि दुली हुदै सानीभेरी गाँउपालिकाको वडा नम्बर ६ घापागार सम्मको सडक अझै सुचारु हुन सकेको छैन । सडक सुचारु नहुदा बिशेस कामले सदरमुकाम र अन्य ठाउमा जाने मानिसहरु मारमा परेको सानीभेरी ६ कि स्थानीय सुनिता बस्नेतले बताउनुभयाे ।
भारि बर्षा भएका कारणले ठाउठाउमा पहिरो खसेको , खाल्डाखुल्डी बनाएको कारणले गाडी चल्न नसेको गाडी चालक प्रकाश घर्तिमगर जानकारि दिनुभयाे । असारको २८ गत्ते देखि सडक अबरुद्द छ । सडक अबरुद्द हुदा मानिसहरु हिडेर सदरमुकाम पुग्ने गरेका छन | दैनिक रुपमा बर्षा भएका कारणले सडक खुलाउन नसकेको गाँउपालीकाे भनाई छ |
बाफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर केसीले गाँउपालिका संग एउटा मात्र स्काभेटर भएको र अर्को स्काभेटर भाडामा लिएर बाटो मर्मत ( सरसफाई ) गरिने बताउनुभयाे । आउदो एक हप्ता भित्र गाँउपालिकाका सबै वडाको सडक मर्मत गरि सुचारु गर्ने गाँउपालिका अध्यक्ष केसी बताउनुभयाे ।

प्रकाशित मिति: १० आश्विन २०७८, आईतवार १९:२८